सुन एक दिनमै तोलामा ४ सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको सुन आज ७५ हजार ६ सयमा रुपैयाँमा किनबेच भइरहेको छ।
निरन्तर उकालो लागेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आएको थियो। तर, अहिले पुनः उकालो लागेर ७५ हजार ६ सयमा पुगेको हो।
अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो। अहिले पुनः उकालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।