साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर ७६ हजार ५ सय पुगेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ७६ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदीको मूल्यमा पनि आइतबार तोलामा ५ रुपैयाँले बढेर ८ सय ९५ पुगेको छ।
शुक्रबार प्रतितोला ८ सय ९० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।