नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ।
हिजो ७४ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ७५ हजार रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढेर ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, हिजो ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज ५ रुपैयाले बढेर ८ सय ८५ रुपैयाँ कायम छ।