नेपाली बजारमा सुनको मूल्यमा बढेको छ। अघिल्लो दिनको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतवार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा करोबार भएको थियो।
यसैगरी, आइतवार तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार, आइतवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी अघिल्लो दिनपनिसोही मूल्यमा कारोबार भएको थियो।