नेपाली बजारमा सुनको मूल्य अत्याधिक बृद्धि भएको छ।
गत वर्ष आजको दिन ५९ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको सुन आज ७६ हजार ५ सयमा कारोबार भएको छ। अर्थात् गत बर्षभन्दा सुन प्रतितोला १६ हजार ७ सय रुपैयाँ महँगो भएको छ।
एक महिनाअघि मंसिर २३ गते प्रतितोला ७१ हजारमा कारोबार भएको थियो। यस्तै चाँदीको आजको मूल्य प्रतितोला ९२० रुपैयाँ रहेको छ। पछिल्लो समय ईरान र अमेरिकाबीचको तनाव र अन्तर्राष्ट्रिय मुद्राका कारण नेपाली सुनचाँदी व्यवसायमा पनि असर परेको हो। सुनको भाउ अस्वभाविक उकालो लागेपछि पसलहरुमा कारोबार निरन्तर ओरालो लाग्ने क्रममा छ।