सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। यसअघि प्रतितोला ७५ हजार ५ सय पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य त्योभन्दा पनि माथि ७६ हजार पुगेको हो।
अमेरिका र इरानको तनावले सुनको मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य अझै बढ्ने सम्भावना देखिएको संघले जनाएको छ।
वैदेशिक रोजगारीमा गएका नेपालीले फर्कंदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको थियो। त्यसपछि घटेर ७० हजार रुपैयाँसम्म आएको थियो। तर, अहिले पुनः उकालो लागेर आज प्रतितोला ७६ हजारमा कारोबार हुँदै आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।