सरकारी नीति अव्यवहारिक भएकाले निर्माण व्यवसायीले ठूलो मार खेप्नु परेको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले बताएका छन् ।
निर्माण व्यवसायी संघ कपिलबस्तुको ९ औं साधारणसभालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको छ । उनले सरकारसँग निर्माण क्षेत्रका व्यवसायीहरुलाई काम गर्ने उचित वातावरण मिलाउन आग्रह गरेका छन् । अहिलेको सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरी निर्माण व्यवसायीलाई धरासायी पार्न खोजेको आरोप लगाउँदै उनले आफूहरुले त्यसमा असहमती जनाएको अध्यक्ष सिंहले बताए ।
निर्माण व्यवसायीहरुको राष्ट्र विकासका लागि महत्वपूर्ण भूमिका रहेको उनले बताए । ‘निर्माण व्यवसायीलाई सक्षम बनाउने पहिलो दायित्व राज्यको हो,’ उनले भने, ’त्यसका लागि लगानीमैत्री वातावरण आवाश्यक छ ।’
सरकारले नागरिकको अधिकार कुण्ठित गरेको प्रतिनिधि सभा सदस्य अतहर कमालले बताए । सरकारले निर्माण व्यवसायी संग अभराधिक व्यहार गरेको आरोप समेत लगाएका छन् ।कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पूर्वमन्त्री एव पूर्व राजदूत दीपकुमार उपाध्ययले भ्रष्टाचारको बिरुद्वमा बोलेपनि कार्यन्वयन नभएको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य धर्म बहादुर लाल श्रीवास्तव, सहशराम यादव लगायतले बोलेका थिए । संघका अध्यक्ष गुन्जन कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सरोज अर्यालले गरेका थिए ।