सुनको मूल्यले अहिलेसम्मकै महँगो रेकर्ड कायम गरेको छ। यसअघि प्रतितोला ७३ हजार ५ सय पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य त्योभन्दा तोलामै १ हजारले बढेर ७४ हजार ५ सय पुगेको हो।
अमेरिका र इरानको तनावले सुनको मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए।
वैदेशिक रोजगारीमा गएका नेपालीले फर्कंदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको थियो। त्यसपछि घटेर ७० हजार रुपैयाँसम्म आएको थियो। तर, अहिले पुनः उकालो लागेर आज प्रतितोला ७४ हजार ५ सयमा कारोबार हुँदै आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।