नेपाली बजारमा सुनको मूल्य आज फेरी बढेको छ। छापावाल सुनको मूल्य पछिल्लो तीन दिनमा प्रतितोला १२ सय रुपैयाँले बढेको हो।
गत आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ७२ हजार ८ सय रुपैयाँ पुगेको छ।
केही समयअघि प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको सुन त्यसपछि घटेर ७० हजार रुपैयाँसम्म आएको थियो।