कपिलबस्तुको तौलिहवामा प्रभु बैंकको शाखा विस्तार गरिएको छ। बैंकले २ सय २ औं शाखाको कपिलबस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंहले एक कार्यक्रमका बीच उद्घाटन गरे।
सो अवसरमा नगर प्रमुख सिंहले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए।
बैकको १४ लाख भन्दा बढी ग्राहक, १ सय १४ अर्व निक्षेप, ९८ अर्ब लगानी, १० अर्ब पुँजी सहित ग्राहकलाई सेवा दिएको प्रभु बैंकका प्रमुख क्षेत्रीय अधिकृत सुनिल रानाले बताए।
कार्यक्रममा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, कपिलबस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुदिप पौडेल, सुठौली भन्सार प्रमुख तीर्थ राज पासवान, पशुपति प्रताप पुस्ताकालयका अध्यक्ष राजेश कुमार पाण्डेय लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको सहभागिता थियो।