नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ। साताको चौथो दिन आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजोको तुलनामा आज सय रुपैयाँ प्रतितोला बढेको हो। हिजो छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुन भने ७१ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने प्रतितोला ८ सय ५० रुपैयाँ नै कायम छ।