नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । साताको पहिलो दिन सुनचाँदीकै भाउ बढे पनि आज दोस्रो दिन (सोमबार) भने मूल्य स्थिर छ ।
हिजो (आइतबार) अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी ५ रुपैयाँका दरले बढेको थियो । आज भने हिजैको भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदीको भाउ स्थिर रहँदा उपभोक्तालाई अलिअलि भए पनि राहत भएको छ ।
महासंघका अनुसार आज पनि छापावाल सुन हिजैको भाउ अर्थात् प्रतितोला ७१ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउमै हिजो पनि कारोबार भएको थियो । चाँदीको भाउ पनि प्रतितोला ८ सय ४५ रुपैयाँ नै कायम छ । यो भाउज हिजो र आजको उही हो ।