साताको अन्तिम दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार आएको छ।
बिहीबार नेप्से ११ दशमलव १७ अंकले बढेर एक हजार एक सय ७२ दशमलव ६२ अंकमा पुगेको हो। नेप्से बढ्दा सेन्सिटिभ इन्डेक्स्ट पनि शुन्य दशमलव ४१ अंकले बढेर २५५ दशमलव ६० अंकमा पुगेको छ।
बिहिबार १६८ कम्पनीका २१ लाख २ हजार ६१ कित्ता सेयर ७६ करोड ४० लाख २५ हजार २१३ रुपैयाँमा कारोबार भएको छ। बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये सात समूह उकालो लागे भने पाँच समूह ओरालो लागेका छन्।
निर्जीवन बिमा समूह सबैभन्दा धेरै ३३२ दशमलव ०४ अंकले उकालो लाग्यो भने उत्पादनमुलक समूह ४४ दशमलव ९८ अंकले ओरालो लाग्यो ।