नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । गत साताको अन्तिम दिन (अस्ति शुक्रबार) प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको भाउ यो साता पनि ओरालो लागिरहेको छ । हिजो साताको पहिलो दिन (आइतबार) प्रतितोला ५ सय रुपैयाँले घटेर कारोबार भएको सुनको भाउ आज पुन: २ सय रुपैयाँका दरले घटेको छ । हिजो प्रतितोला १० रुपैयाँले घटेको चाँदीको भाउ आज भने ५ रुपैयाँ प्रतितोला घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घट्दै ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले घट्दै ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको भाउ भने ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
हिजो साताको पहिलो दिन (आइतबार) अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेर ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने प्रतितोला ५ रुपैयाँले घट्दै ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
व्यवसायीहरुका अनुसार सुनचाँदीको भाउ बढ्दा उपभोक्ताको आगमन कम हुने यद्यपि आवश्यक पर्नेका लागि किन्नुको विकल्प पनि छैन । यो साता निरन्तर सुनचाँदीकै भाउ ओरालो लाग्दा उपभोक्ताको भीड सुनचाँदी पसलहरुमा लागेको देख्न सकिन्छ । बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिद-बिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ । आज सुनको भाउ घट्दा उपभोक्तालाई केही राहत हुने देखिन्छ ।