नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । गत साताको अन्तिम दिन (अस्ति शुक्रबार) प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको भाउ आज साताको पहिलो दिन (आइतबार) प्रतितोला ५ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला १० रुपैयाँ मात्र घटेको छ । अघिल्लो साताको अन्तिम दिन (शुक्रबार) भने चाँदीको भाउ स्थिर थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घट्दै ७१ हजार २ सय रुपैयाँका दरमा कारोबार भइरहेको छ । अस्ति (शुक्रबार) भने छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको भाउ भने ७१ हजार ४ सय रुपैयाँ पुगेको छ । शुक्रबार भने तेजाबी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
अस्ति (शुक्रबार) स्थिर रहेको चाँदीको भाउ भने आज १० रुपैयाँले बढ्दै प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने ८ सय ५० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।
व्यवसायीहरुका अनुसार सुनचाँदीको भाउ बढ्दा उपभोक्ताको आगमन कम हुने यद्यपि आवश्यक पर्नेका लागि किन्नुको विकल्प पनि छैन । तर आज सुनचाँदीकै भाउ घट्नुले उपभोक्तालाई राहत भएको छ । बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिद-बिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ । आज सुनको भाउ घट्दा उपभोक्तालाई अलिअलि भए पनि राहत हुने देखिन्छ ।