नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ अघिल्लो दिनकै छ अर्थात् स्थिर छ ।
हिजो ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैयाँले घट्दै प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज तेजाबी सुनको भाउ भने ७१ हजार ४ सय रुपैयाँ प्रतितोला कायम छ । हिजो (बिहीबार) भने प्रतितोला ७१ हजार ७ सय रुपैयाँ थियो ।
स्थिर रहेको चाँदीको भाउ हिजैको मूल्य अर्थात् प्रतितोला ८ सय ५० रुपैयाँ नै कायम रहेको महासंघले जनाएको छ। चाँदीको हिजोको भाउ पनि प्रतितोला ८ सय ५० रुपैयाँ नै कायम थियो ।
व्यवसायीहरुका अनुसार सुनचाँदीको भाउ बढ्दा उपभोक्ताको आगमन कम हुने यद्यपि आवश्यक पर्नेका लागि किन्नुको विकल्प पनि छैन । तर आज सुनको भाउ घट्नु अनि चाँदीको भाउ स्थिर रहनुले उपभोक्तालाई अलिअलि भए पनि राहत हुने आकलन गर्न सकिन्छ । बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिद-बिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ । आज सुनको भाउ घट्दा उपभोक्तालाई अलिअलि भए पनि राहत हुने देखिन्छ ।