पाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको थियो । साताको दोस्रो दिन अस्ति (सोमबार) भने भाउ घटेको थियो । हिजो स्थिर रहेको सुनचाँदीको भाउ आज भने ह्वात्तै बढेको छ । नेपालीहरुका लागि बिहेको लगनको महिना चलिरहेको अवस्थामा ह्वात्तै सुनचाँदीको भाउ बढ्दा उपभोक्तालाई खरिद गर्नै मुस्किल हुने अवस्था पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । हिजो र अस्ति प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला ८ सय रुपैयाँले बढ्दै ७२ हजार २ सय रुपैयाँ पुगेको छ ।
यस्तै तेजाबी सुनको भाउ प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो र अस्ति भने तेजाबी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढ्दै ८ सय ६५ रुपैयाँ कायम भएको छ । हिजो र अस्ति दुई दिन चाँदीको भाउ ८ सय ५० रुपैयाँ कायम थियो ।
व्यवसायीहरुका अनुसार सुनचाँदीको भाउ बढ्दा उपभोक्ताको आगमन कम हुने यद्यपि आवश्यक पर्नेका लागि किन्नुको विकल्प पनि छैन । बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिद-बिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ । आज सुनचाँदीको भाउ बढ्दा उपभोक्ताले महँगोमा सुनचाँदी खरिद गर्नुपर्ने अवस्था आएको छ ।