नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । साताको पहिलो दिन अस्ति (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको थियो । साताको दोस्रो दिन हिजो (सोमबार) भने भाउ घटेको थियो । आज भने नेपाली सुनचाँदी बजारमा भाउ स्थिर छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २ सय रुपैयाँले घटेर कारोबार भएको थियो । यस्तै हिजो चाँदी भने प्रतितोला ५ रुपैयाँ घटेर कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज पनि हिजोकै मूल्य अर्थात् ७१ हजार ४ सय रुपैयाँ प्रतितोलामा छापावाल सुनको कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हिजो (सोमबार) पनि यही नै कायम थियो ।
यस्तै चाँदीको भाउ पनि सोमबार र मंगलबार उस्तै छ । अर्थात् आज पनि चाँदीको भाउ प्रतितोला ८ सय ५० रुपैयाँ कायम गरिएको छ ।
व्यवसायीहरुका अनुसार सुनचाँदीको भाउ स्थिर रहेका कारण आज कारोबार बढ्ने अपेक्षा गरिएको छ । बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिद-बिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ । आज सुनचाँदीको भाउ स्थिर रहँदा उपभोक्ता केही न केही पक्कै राहत हुने देखिन्छ ।