नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । साताको पहिलो दिन हिजो (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको थियो । साताको दोस्रो दिन आज (सोमबार) भने भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा हिजो प्रतितोला ३ सय रुपैयाँले बढेको सुन आज भने प्रतितोला २ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ स्थिर रहे पनि आज प्रतितोला ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आजका लागि छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो भने ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो भने तेजाबी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको भाउ ८ सय ५५ रुपैयाँमा अघिल्लो दिन कारोबार भए पनि आज ५ रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिद-बिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ । आज सुनचाँदीको घट्दा उपभोक्ता केही न केही पक्कै राहत भएको छ ।