विराटनगर महानगरपालिकाले वडा नं ८ का महिलालाई सिलाई मेशिन वितरण गरेको छ।
महानगरपालिकाका प्रमुख भीम पराजुली र महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले आइतबार आयोजित कार्यक्रमा महिलालाई १९ वटा सिलाई मेशिन वितरण गरेका हुन्।
विराटनगर महानगरपालिका वडा नं ८ तथा सैलजा आचार्य स्मृति पोलिटेक्निक र कृष्णप्रसाद कोइराला सेवागुठिले सिलाई कटाई तथा वुटिक तालिम दिएपछि उनीहरुलाई सिलाई मेशिन प्रदान गरिएको वडाध्यक्ष निश्चल अर्यालले वताए। गरिव तथा अति विपन्नवर्गका महिलालाई ३ सय ९० घन्टे तालिम प्रदान गरेपछि उनीहरुको आयआर्जनमा सहज होस् भनेर मेशिन वितरण गरिएको हो।
कार्यक्रममा वोल्दै महानगरपालिकाका प्रमुुख पराजुलीले महानगरपालिका सवै वडाका महिलालाई सिप सिकाउने अभियानमा महानगरापलिकाका विभिन्न प्रकारका तालिम संचालन गरिरहेको भन्दै आफुले सिकेको ज्ञान सिपको भरपुर प्रयोग गर्न आग्रह गरे।
उनले महिलाहरुलाई तरकारी तथा च्याउ खेती, मछा पालन लगायत व्यवस्थापकीय तालिम समेत प्रदान गरिरहेको जानकारी गराए। तालिममा २० जना महिलाले सिलाई कटाई तथा ३० जना महिलाले वुटिक तालिम लिएका थिए।
कार्यक्रममा पोलिटेक्निकका प्रिन्सिपल सन्तवहादुर अधिकारी तथा वडा सदस्य भारती पोखरेलले तालिमको महत्वमाथि प्रकाश पारेका थिए।