नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । चाँदीको भाउ भने स्थिर छ ।
महासंघका अनुसार आजका लागि छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँ कायम छ । अघिल्लो दिन अर्थात् शुक्रबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । अस्ति शुक्रबार भने प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको भाउ आज पनि अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ । महासंघका अनुसार स्थिर रहेको चाँदीको भाउ आज पनि प्रतितोला ८ सय ५५ रुपैयाँ कायम भएको छ ।
बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिदबिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ । आज सुनचाँदीको भाउ बढ्दा उपभोक्ता केही मारमा भने पक्कै पर्नेछन् । तर सुनचाँदी किन्न आवश्यक नै परेका ग्राहकलाई भने भाउ बढ्दा केही आर्थिक व्ययभार भने बढ्ने नै छ ।