नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । आज नेपाली बजारमा सुनचाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । चाँदी भने प्रतितोला ५ रुपैयाँले मात्र बढेर कारोबार भइरहेको महासंघले जनाएके ५ ।
नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ कायम छ । हिजो (बिहीबार) भने ७१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । अस्ति बुधबार भने छापावाल सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिदबिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ । आज सुनचाँदीको भाउ बढ्दा उपभोक्ता केही मारमा भने पक्कै पर्नेछन् । तर सुनचाँदी किन्न आवश्यक नै परेका ग्राहकलाई भने भाउ बढ्दा केही आर्थिक व्ययभार भने बढ्ने नै छ ।
अस्ति (बुधबार) ७० हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुन हिजो बिहीबार भने २ सय रुपैयाँले घट्दै प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज साताको अन्तिम दिन अर्थात शुक्रबार भने तेजाबी सुन प्रतितोला ३ सय रुपैयाँलै बढ्दै ७१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनको भाउ प्रतितोला ३ यस रुपैयाँ बढेको अवस्थामा चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँ बढेको छ । हिजो चाँदी ८ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भए पनि आज भने ८ सय ५५ रुपैयाँ कायम छ ।