नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । आज नेपाली बजारमा सुनको भाउ स्थिर छ । चाँदीको भाउ भने बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँ कायम छ । हिजो (मंगलबार) पनि यही मूल्य थियो । अस्ति सोमबार भने छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसको मतलब अस्तिको तुलनामा हिजो सुन प्रतितोला ४ सय रुपैयाँ घटेर कारोबार भएको थियो ।
बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिदबिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ । आज सुनमा स्थिर भएको हुँदा किन्नै पर्ने ग्राहकका लागि भने थोरै भए पनि राहत भएको मान्न सकिन्छ ।
यस्तै सोमबार ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन हिजो (मंगलबार) ७० हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । आज बुधबार पनि हिजैको मूल्य अर्थात् ७० हजार ९ सय रुपैयाँ प्रतितोलामा तेजाबी सुन कारोबार भइरहेको छ ।
सुनको भाउ स्थिर रहे पनि चाँदीको भाउ ५ रुपैयाँ प्रतितोला बढेर कारोबार भइरहेको छ । हिजो प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ८ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन अर्थात् अस्ति (सोमबार) पनि प्रतितोला ८ सय ५५ रुपैयाँमै चाँदीको कारोबार भएको थियो ।