निजी मेडिकल कलेजहरुले एमबीबीएस पढ्नका लागि विद्यार्थीहरुसँग् लिएकाे अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान लिएका छन् ।
सरकारले मेडिकल कलेजलाई विद्यार्थीसँग लिएको अतिक्ति शुल्क फिर्ता गर्न दिएको अल्टिमेटम सकिएको भोलिपल्ट कलेज सञ्चालकहरुले शुल्क फिर्ता गर्न नसक्ने अडान राखेका हुन् ।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँगै भेटेर उनीहरूले गत आर्थिक वर्षमा विद्यार्थीले तिरेको शुल्कमध्येबाटै सरकार, विश्वविद्यालय र मेडिकल काउन्सिललाई तिर्नुपर्ने शुल्क तिरेकाले शुल्क फिर्ता गर्न नसक्ने अडान लिएका हुन् ।
सरकारले एमबीबीएस अध्ययनका लागि उपत्यकाबाहिर र उपत्यकाभित्रका गरी शुल्क ताेकेकाे थियाे । तर मेडिकल कलेजहरुले बढी लिएको भन्दै धेरै कलेजका विद्यार्थी अहिले आन्दोलनमा छन् ।गृहमन्त्रालयले हिजाे(सोमबार) २४ घण्टे अल्टिमेटम दिदै मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो ।