नेपालको अन्तर्राष्ट्रिय उडानमा कुवेतको जजिरा एयरवेज पनि थपिएको छ । जजिराले मंसिर १ देखि काठमाडौं उडान आरम्भ गरेको हो ।
कुवेत इन्टरनेसनल एयरपोर्टबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने जजिराले सातामा ४ उडान गर्नेछ । यसअघि कुवेतबाट वातानीय एयरलाइन्सले उडान थाले पनि निरन्तरता दिन सकेको थिएन ।
पछिल्लो समय कुवेतलगायत देशबाट नेपालमा घुम्न आउनेको संख्या बढेसँगै जजिराको उडानले सहज बनाउने देखिन्छ ।