नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । हिजो नेपाली बजारमा सुनचाँदीको भाउ घटेको थियो । साताको अन्तिमदिन आज (शुक्रबार) फेरि सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर छ ।
बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिदबिक्री राम्रैसँग हुन्छ । यो सुनचाँदी व्यवसायीको सिजनको महिना पनि हो । आज सुनमा प्रतितोला ३ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बिहीबार भने सुन सय रुपैयाँ र चाँदी ५ रुपैयाँ प्रतितोला घटेर कारोबार भएको थियो । सुनचाँदीको भाउ थोरै घटे पनि कारोबार राम्रै हुन सक्ने व्यवसायीहरुको आकलन छ ।
आज छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो भने ७२ हजार रुपैयाँ प्रतितोलामा छापावाल सुनको कारोबार भएको थियो । यसर्थ हिजोको तुलनामा प्रतितोला ३ सय रुपैयाँ घटेको हो । महासंघका अनुसार अस्ति (बुधबार) छापावाल सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बिहीबार) ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन अस्ति (बुधबार) भने प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको भाउ स्थिर छ । हिजो (बिहीबार) प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि उही रहेको महासंघले जनाएको छ । अघिल्लो (बुधबार) दिनको तुलनामा चाँदी हिजो भने प्रतितोला ५ रुपैयाँ घटेको थियो । बुधबार प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहीबार भने ५ रुपैयाँ घट्दै प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो । आज स्थिर रहेको चाँदीको भाउ हिजो (बिहीबार) कै भाउमा कारोबार भइरहेको छ । अर्थात् चाँदीको भाउ हिजो र आज एउटै छ । चाँदीको भाउ स्थिर रहनु र सुनको भाउ घट्नुले उपभोक्ताले केही राहत महसुस गरेका छन् । बिहेको लगनको मुखैमा सुनचाँदीको भाउ अलिअलि भए पनि घट्दा उपभोक्तालाई केही राहत हुनु स्वभाविक हो ।