विवादित कम्पनी एनसेलले २१ अर्ब १० करोड ३९ लाख पाँच सय ६५ रुपैयाँ मात्रै कर तिरे पुग्ने भएको छ । सर्वोच्च अदालतको फैसलाका कारण ठूला करदाता कार्यालयले गरेको कर निर्धारणमा करिव १८ अर्ब रुपैयाँ छुट भएको छ।सर्वोच्चको फैसलाले राज्यकोषलाई १८ अर्व घाटा हुनेछ ।
न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासबाट यस्तो फैसला भएको हो । एनसेलले सो रकम मात्र तिर्नुपर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक गरिएको छ ।
यस्ताे छ पूर्णपाठ: