स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’को आयोजनामा आजवाट काठमाडौंमा उर्जा सम्मेलन हुँदैछ।
क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार, नियमन, वित्तिय व्यवस्थापनका विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजनाहरु सञ्चालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमा पनि छलफल हुनेछ।
नेपाल भारत र बंगलादेशबीच विद्युत् व्यापारको बारेमा बृहत् छलफल हुने भएकाले अन्तर्रा्ष्ट्रिय विद्युत् व्यापारमा सम्मेलन निकै फलदायी हुने विश्वास लिइएको छ। सम्मेलनमा ७० भन्दा बढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति रहने छ।
’पावरिङ द एशिएन सेन्चुरी’ को नारा दिईएको सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनमा आधादर्शन परियोजनामा लगानी सम्झौताको तयारी छ।