सार्वजनिक खरिद आठौं संशोधन नियमावली २०७६ मा भएको व्यवस्था संशोधन गर्न माग गर्दै निर्माण व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
निर्माणमैत्री ऐन तथा नियमावलीको माग गर्दै म्याद थप र बैंक क्रेडिट लाइनलगायत सार्वजनिक खरिद ऐनका केही बुँदा संशोधन गर्नुपर्ने माग राख्दै उनीहरुले बुधबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
प्रदर्शनपछि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद आठौं संशोधनअनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससँग सम्बन्धित व्यवसाय धरापमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
व्यवसायीहरु माइतीघर मण्डलादेखि थापाथली त्रिपुरेश्वर हुँदै युनाइटेड वर्ल्ड ट्रेड सेन्टर पुगेर भेलामा सहभागी भएका थिए । बुधबार र बिहीबार राजधानीमा चल्ने राष्ट्रिय भेलाले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले बताए।