नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । अस्ति साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर थियो । हिजो साताको दोस्रो दिन (सोमबार) सुनचाँदीको भाउमा अलिअलि भए पनि गिरावट आयो । आज अर्थात् साताको तेस्रो दिन (मंगलबार) भने सुनचाँदीको भाउ फेरि उकालो लागेको छ ।
आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ । यस्तै चाँदी प्रतितोला १० रुपैयाँले बढेको थियो ।
हिजो (सोमबार) सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँ घटेर कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (सोमबार) भने छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति (आइतबार) भने छापावाल सुन ७१ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने ७१ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । अस्ति (आइतबार) भने तेजाबी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँ मात्र घटेको छ । हिजो प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढ्दै ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंसिर लागेसँगै बिहेको लगन पनि सुरु भएको छ । लगनकै मुखमा सुनचाँदीको भाउ बढ्दा उपभोक्तालाई खरिद गर्न एकपटक सोचविचार गर्नै पर्ने अवस्था छ ।