नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । हिजो साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर थियो । आज साताको दोस्रो दिन सुनचाँदीको भाउमा अलिअलि भए पनि गिरावट आएको छ । आज सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । हिजो (आइतबार) भने छापावाल सुन ७१ हजार ८ सय रुपैयाँ प्रतितोलाले कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । हिजो भने तेजाबी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसको मतलब हिजोको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ घटेर कारोबार भएको हो ।
यता चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँ मात्र घटेको छ । हिजो प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ घट्दै प्रतितोला ८ सय ५० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ । मंसिर लागेसँगै बिहेको लगन पनि सुरु भएको छ । उपभोक्ताले सुनचाँदीको भाउ अलिअलि भए पनि घटेपछि राहत महसुस गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।