नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । तर, आज साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँ कायम छ । अस्ति शुक्रबार पनि यही मूल्य थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसको मतलब अस्ति शुक्रबारदेखि यसको मूल्य स्थिर छ ।
यता चाँदीको भाउ पनि स्थिर रहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज (आइतबार) चाँदीको भाउ प्रतितोला ८ सय ५५ रुपैयाँ कायम छ । जुन अस्ति शुक्रबार पनि यही नै मूल्य कायम थियो । मंसिर लागेसँगै बिहेको लगन पनि सुरु भएको छ । उपभोक्ताले सुनको मूल्य स्थिर रहेको मौका छोपेर आज कारोबार अलि बढ्ने सुनचाँदी व्यवसायीहरुले अपेक्षा लिएका छन् ।