नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । अस्ति (आइतबार) सुनमा प्रतितोला ११ सय रुपैयाँ बढेको थियो भने चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेको थियो । हिजो (सोमबार) पुन: सुनचाँदी दुवैको भाउ बढेको थियो । जसमध्ये हिजो सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले बढेको थियो । आज (मंगलबार) भने सुनचाँदी दुवैको भाउ स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ७१ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हिजोकै हो । यसर्थ हिजो र आजको भाउ एउटै रहेको महासंघले जनाएको छ ।
यस्तै आज पनि हिजोकै भाउ अर्थात् ७० हजार ९ सय रुपैयाँ प्रतितोलामा तेजाबी सुनको कारोबार भइरहेको छ ।
यता चाँदीको भाउ पनि ८ सय ४५ रुपैयाँ प्रतितोलामै कारोबार भइरहेको छ । यो मूल्य हिजो पनि यही नै कायम थियो ।