नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । चाडबाड सकिएसँगै सुनचाँदीको भाउ ओरालो लागिरहेको थियो । अस्ति (बुधबार) सुन प्रतितोला ६ सय रुपैयँले घटेको थियो । हिजो (बिहीबार) प्रतितोला ४ सय रुपैयाँले बढेको सुन आज (शुक्रबार) भने प्रतितोला ७ सय रुपैयाँ घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा हिजो चाँदी प्रतितोला ५ रुपैयाँ बढे पनि आज प्रतितोला १५ रुपैयाँले घटेको छ ।
अस्ति प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको हिजो ५ रुपैयाँले बढ्दै ८ सय ५० रुपैयाँ कायम भएको थियो । आज प्रतितोला १५ रुपैयाँले घट्दै प्रतितोला ८ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ६९ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो छापावाल सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति (बुधबार) भने छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन आज (शुक्रबार) प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने ७० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।