नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । चाडबाड सकिएसँगै सुनचाँदीको भाउ ओरालो लागिरहेको छ । हिजो सुन प्रतितोला ६ यस रुपैयँले घटे पनि आज भने प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ ५ रुपैयाँ प्रतितोला मात्र बढेको छ । हिजो प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ रुपैयाँले बढ्दै ८ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ७० हजार ६ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार हिजो (बुधबार) भने छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज सुन प्रतितोला ४ यस रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन आज प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाडबाड सकिएसँगै सुनचाँदीको भाउ घट्न सक्ने अपेक्षा गरिएको थियो । हिजोसम्मको अवस्थामा सुनचाँदीको भाउ केही घटेको अवस्था रहे पनि आज भने पुन: उकालो लागेको हो ।