नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ घटेको छ भने चाँदी मूल्य स्थिर छ ।
सुनचाँदीको भाउ साताको पहिलो र दोस्रो (आइतबार र सोमबार) दिन स्थिर थियो । आज (मंगलबार) भने सुन प्रतितोला २ सय रुपैयाँलै घटेको छ । चाँदी भने स्थिर छ ।
साताको पहिलो र दोस्रो दिन बजारमा छापावाल सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेस्रो दिन अर्थात् मंगलबार छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य भने ६९ हजार ९ सय रुपैयाँ प्रति तोला कायम रहेको महासंघले जनाएको छ । हिज तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार साताका तीनै दिन अर्थात् आइतबार, सोमबार र मंगलबार भने चाँदीको भाउ स्थिर छ । आज पनि अघिल्लो दिनकै भाउमा चाँदीको कारोबार भइरहेको छ । महासंघका अनुसार आज पनि चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।