साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यासायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ७० हजार ४ सय र तेजाबी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अस्ति (शुक्रबार) प्रतितोला ७० हजार ६ सय रुपैयाँ रहेको छापावाल सुन आइतबार प्रतितोला २ सय रुपैयाँले घट्दै ७० हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन पनि २ सय रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबारको तुलनामा सुनको मूल्य २ सय रुपैयाँ प्रतितोला घटे पनि चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार प्रतितोला ८ सय ५० रुपैयाँ मूल्य कायम रहेको चाँदी आज (आइतबार) पनि सोही मूल्यमै कारोबार भइरहेको छ ।