शिवम् सिमेन्ट्स लिमिटेडले तिहारको अवसर पारेर “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना ल्याएको छ।
योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गरिने शिवम् सिमेन्टद्धारा प्रकाशित प्रेस बिज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार यो योजना सीमित अवधिको लागि नेपालभर लागू गरिएको छ।
विगत लामो समयदेखि गुणस्तरीय ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको शिवम् सिमेन्टले चाडपर्व लक्षित यस्ता योजना समय समयमा ल्याउने गरेको छ।