पाली सुन बजारमा आजको भाउ स्थिर रहेको छ । अघिल्लो दिनको तुलनामा हिजो सय रुपैयाँ घटेको सुनको भाउ आज भने स्थिर छ । सुनको भाउ स्थिर रहे पनि चाँदीको भाउ भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज पनि छापावाल सुन हिजोकै मूल्य अर्थात् प्रतितोला ७० हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको छ । उता तेजाबी सुन पनि ७० हजार ३ सय रुपैयाँ प्रतितोलामै कारोबार भइरहेको छ ।
चाँदीमा भने प्रतितोला ५ रुपैयाँ घटेको छ । हिजो ८ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज भने ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।