यो साता ओरालो लागेको सुनको भाउ आज (मंगलबार) प्रतितोला ७ सय रुपैयाँले बढेको छ । साताको दोस्रो दिन हिजो (सोमबार) तोलामा सय रुपैयाँ घटेको सुन आज (मंगलबार) भने ह्वात्तै बढेको हो । यसको मतलब साताको तेस्रो दिन छापावाल र तेजाबी सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज मंगलबार भने ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । उसो त छापावाल सुन साताको पहिलो दिन (आइतबार) भने ७० हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला ७० हजार ४ सय रुपैयाँ कायम गरिएको छ । हिजो (सोमबार) ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो ६९ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुनमा पनि ७ सय रुपैयाँले बढेको हो । यसको मतलब हिजोको तुलनामा आज छापावाल र तेजाबी सुनमा प्रतितोला ७ सय रुपैयाँले बढेर कारोबार भइरहेको महासंघले जनाएको छ ।
साताका दुई दिन सुनको मूल्य घटे पनि चाँदीको मूल्य स्थिर थियो । आज भने सुनचाँदी दुवैको भाउ बढेको छ । आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो साताको शुक्रबारदेखि हिजो (सोमबार) सम्म ८ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी आज भने १५ रुपैयाँले बढ्दै ८ सय ६० रुपैयाँ कायम भएको छ ।