त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई हटाएर सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धक जिम्मेवारी दिइएकाे छ । हटाइएका क्षेत्रीलाइ सचिवालयमा तानिएकाे छ ।
प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने नियमित प्रशासनिक प्रक्रिया अनुसार विमानस्थलको नेतृत्व हेरफेर भएको दाबी गरेका छन् ।स्राेतका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाएको आरोपमा उनीमाथि कारबाही गरिएको हाे ।
उनले महाप्रवन्धकको जिम्मेवारी सम्हालेकाे वर्षदिन भन्दा बढी हुँदा पनि विमानस्थलमा खासै सुधार गर्न हुन नसकेपछि हेडक्वाटर उनीप्रति असन्तुष्ट थियो।