सन् २०२० का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुलेको छ । यसपटक आवेदन फाराम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल अनिवार्य गरिएको छ ।
आज (बुधबार) मध्याह्नदेखि नोभेम्बर ५ २०१९ को मध्याह्न १२ बजेसम्म आवेदन दिन सकिनेछ । आवेदन फाराम भर्न कुनै शुल्क भने लाग्दैन ।
अनलाइनमै डीभीको फाराम भरेपछि प्राप्त कनफर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्नेछ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरकै आधारमा डीभी परे/नपरेको थाहा हुन्छ ।
तर डीभी पर्दैमा अमेरिकाको भिसा पाउने निश्चित हुँदैन । त्यसपछि पनि विभिन्न सर्त र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।