नेपाल टेलिकमको फोरजी सेवा विस्तारको आरम्भ आज प्रधानमन्त्री केपी ओलीले गर्दैछन् । यो योजना टेलिकमको महत्त्वकांक्षी परियोजनाका रूपमा मानिन्छ ।
सातै प्रदेशका मुख्यमन्त्री, विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गर्दै प्रधानमन्त्री ओलीले आज बेलुका ५ बजे फोरजी विस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
यसको विस्तारसँगै विश्वभर प्रचलनमा रहेको फोरजी पुस्तामा टेलिकमको ठूलो फड्को मान्न सकिन्छ । टेलिकमले मुलुकका ३३ जिल्लाका मुख्य सहर तथा सबै महानगरपालिकामा फोरजी विस्तार गर्नेछ ।
देशैभर फोरजी सेवा विस्तारका लागि टेलिकमले गत माघ २० मा ठेक्का सम्झौता गरेको थियो । वर्षदिनभत्रै देशभर यो सेवा विस्तार गर्ने टेलिकमले योजना बनाएको थियो ।