बाख्रापालनका लागि कार्यरत गैरसरकारी संस्था हेफर इन्टरनेसनलले दसैं सुरु भएसँगै खसीबोका बजारमा ल्याउन सुुरु गरेको छ। हेफरआबद्ध किसानहरूले सहकारीमार्फत् दसैंका लागि ८१ हजार खसीबोका बजारमा ल्याउन लागेका हुुन्।
गाउँको खपतबाहेक बजारमा मात्रै दसैंमा ८१ हजार खसी बिक्री गर्ने योजना रहेको संस्थाका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मीले बताए। तीमध्ये ४० बजारमा आइसकेको छ।
बाख्रापालनका लागि नेपालका ३० जिल्लामा उक्त संस्थाले काम गर्दै आएको छ। संस्थाले २ सय २७ सहकारीमार्फत् बाख्रापालन व्यवसाय सञ्चालनका लागि किसानलाई आर्थिक तथा प्राविधिक सहयोग पु¥याउँदै आएको छ । दसैंमा ६० सहकारीमार्फत खसीबोका ल्याउन सुरु गरिएको हो। संस्थामा आबद्ध किसानले गठन गरेको सहकारीमार्फत नेपालमा २ लाख परिवार बाख्रापालन व्यवसायमा आबद्ध छन्।
दसैंमा काठमाडौंमा ५० हजार खसीबोकाको माग हुुुुुने गर्छ। त्यसमध्ये यसअघि २० हजार खसिबोका भारतबाट आउने गथ्र्यो। मागअनुुसार २० हजारभन्दा बढी खसीबोका पठाउन आफूहरू तयार रहेको कार्यक्रम निर्देशक रेग्मीले बताए। त्यसका लागि मन्त्रालय, पशुुसेवा विभाग र व्यवसायीसँग छलफल भइसकेको छ।
मोरङका किसानहरुले दसैंका लागि सहकारीमार्फत् १६ सयभन्दा बढी बसी बजारमा ल्याउने तयारी गरेको हेफर इन्टरनेसनल इटहरीको कार्यक्रम प्रवन्धक दिपेश पोखरेलले बताए। उनका अनुुसार मोरङ बेलवारीका वाख्रापालन महिलाहरूको समूहले ५सय खसी दसैका लागि काठमाडौं पठाएको उनको भनाइ छ। काठमाडौंमा मासुको माग उच्च भएपछि पुुर्वका किसानहरूले सहकारीमार्फत् ठूलो संख्यामा खसीबोका काठमाडौं पठाउन थालेका छन्।