नेपालको पूरानो बैंक नेपाल बंैक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्। शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई ४ वर्षका लागि नियुक्त गरेको हो। उनी अन्य १३ प्रतिस्पर्धीलाई पछि पार्दै कार्यकारी अधिकृत हुन सफल भएका हुन्।
बैंकका डेपुटी सिइओ रहेका अधिकारी प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले अवकास पाएपछि कायममुकायम सिइओ बनेका थिए।
उनी २०६१ देखि सहायक प्रबन्धक तहबाट बंैकिङ करिअर सुरु गरेका थिए। त्यसअघि उनी निजी कम्पनीमा कार्यरत थिए। नेपाल बैंकमा सिइओको मासिक तलब ३ लाख हुन्छ।
सिइओका लागि आवेदन दिएका चौध जना मध्येबाट अन्तिम छनौट सूचीमा कृष्णबहादुर अधिकारी, शंकर रायमाझी र शेषरमण आचार्य सिफारिस भएका थिए।
चौध जना आवेदकहरूमा पूर्ण आचार्य, पुष्पराज भण्डारी, अशोक खड्गी, दुर्गा छत्कुली, सुन्दर पन्थी, केवी अधिकारी, राजुनाथ खनाल, डिल्लीराम शर्मा, मुकुन्द रेग्मी, शेषरमण आचार्य, मुरारीप्रसाद अर्याल, अरुणकुमार ढुंगाना र रामदेव यादव थिए।