उद्योग वाणिज्य सङ्घ इनरुवाको अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका छन्।
पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन्। त्यसैगरी उपाध्यक्षमा समावेसी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला सदस्यमा रीतादेवी साह तथा जुनु रावली विजयी भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद दाहालले बताए।
दुई महिला सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको थियो। गत शनिबार सम्पन्न भएको मतगदानमा कूल एक हजार ३२५ मतदाता रहेको सङ्घमा एक हजार १८२ मत खसेको थियो। रासस