चाडबाड आगमनसँगै सुनचाँदीको भाउ बढ्ने र घट्ने क्रम रोकिएको छैन । आज भने सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल र तेजाबी सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
हिजो (बिहीबार) ७१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज (शुक्रबार) भने ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन पनि प्रतितोला २ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ । हिजो बिहीबार प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता सुनको भाउमा प्रतितोला ६ सय रुपैयाँ घटेसँगै चाँदीको भाउ पनि घटेको छ । आज (शुक्रबार) चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जनाएको छ । चाँदी हिजो (बिहीबार) भने ८ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । चाडबाड आगमनसँगै सुनचाँदीको भाउ बढ्दा उपभोक्ता मर्कामा परेका छन् ।