चाडबाड आगमनसँगै सुनचाँदीको भाउ बढ्ने र घट्ने क्रम रोकिएको छैन । आज भने सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल र तेजाबी सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।
हिजो (बुधबार) ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज (बिहीबार) भने ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ
यस्तै तेजाबी सुन पनि प्रतितोला हजार रुपैयाँ घटेर कारोबार भइरहेको छ । हिजो बुधबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता सुनको भाउमा प्रतितोला हजार रुपैयाँ घटेसँगै चाँदीको भाउ पनि घटेको छ । आज (बिहीबार) चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घटेको महासंघले जनाएको छ । चाँदी हिजो (बुधबार) भने ८ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । चाडबाड आगमनसँगै सुनचाँदीको भाउ बढ्दा उपभोक्ता मर्कामा परेका छन् ।