सिस्टम ह्याक गरी एटीएम बुथबाट झन्डै दुई करोड रकम लुटिएको घटनामा प्रहरी परिसर काठमाडौंले ५ चिनियाँ र एक चिनियाँ मूलका फ्रान्सेलीसँगै दुई नेपालीलाई नियन्त्रणमा लियो।
भदौं १५ को यो घटनामा ठमेलको नेपालय मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र डेक्सो मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ पक्राउ परेका छन्।
यो घटनापछि देशभरका मनी चेन्जर र तिनको कमजोर नियमनको पाटो सतहमा आयो। हुन्डी, अवैध सुन र डलर तस्करीका घटनामा बेलाबखत तानिने मनिचेन्जरहरु यसपटक बैकिङ कसुरमा जोडिन पुगे।
एटिएम ह्याक गरेर निकालिएको मध्ये २९ लाख ९९ हजार रुपैयाँ यी दुई मनिचेन्जरबाट साटिएको थियो।
ह्याकरहरु बसेकाे हात्तीसारकाे हाेटेलमा प्रहरी परिसर काठमाडाैंकाे टाेली पुगे लगत्तै भागेका चार जना चिनियाँ ट्याक्सी लिएर मनी चेन्जरमा पुगेका थिए।
उनीहरुले आफूसँग भएकाे नेपाली रुपैयाँ साट्न गरेकाे आग्रहलाई ती मनी चेन्जरहरुले सहजै स्वीकार गरेका थिए। कान्तिपुर दैनिकमा खबर छ।