चाडबाड आगमनसँगै सुनचाँदीको भाउ बढ्ने र घट्ने क्रम रोकिएको छैन । आज भने सुनचाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (सोमबार) भने ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेको हो ।
यस्तै तेजाबी सुन पनि प्रतितोला सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । हिजो सोमबार प्रतितोला ७१ हजार रुपैयाँमै कारोबार भइरहेको तेजाबी सुन आज भने ७१ हजार १ सय रुपैयाँ पुगेको छ ।
यता सुनको भाउमा प्रतितोला सय रुपैयाँ बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज (मंगलबार) चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदी हिजो (सोमबार) भने ८ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । चाडबाड आगमनसँगै सुनचाँदीको भाउ बढ्दा उपभोक्ता मर्कामा परेका छन् ।